चिराङ जिल्लाको बिजनी महकमा अन्तर्गत अन्तर्गत फूलकुमारी शिव मन्दिरको नजिकै बुधबारको दिन रमईलो तीज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँका ७० वर्ष माथिका वृद्ध वृद्धालाई रातो टीका, डाका टोपी लगाएर सम्मान गरिएको थियो फूलकुमारी सयपत्री गोर्खा महिला समितिले ।

बिजनी आंचलिक गोर्खा छात्र संघका सभापति शांतु शर्माको अध्यक्षतामा अनुष्ठित रमईलो तीज कार्यक्रममा मुख्य अतिथिको रुपमा बीटीसीका कार्यकारी पारिषद धनन्जय बासुमतारी को साथै बिजनी विधानसभा क्षेत्रका विधायक अजय कुमार राय, बीटिसी प्रमुखका राजनैतिक सचिव र बीटीसी पारिषद माधव चंद्र छेत्री , असम गोर्खा उन्नयन परिषद का पदाधिकारी बल बाहादुर ठाकुरी को साथै स्थानीय गोर्खा नेता हरु उपस्थित थिए ।